काठमाडाैंः नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहित अन्य नेताहरूलाई कारबाहीकाे प्रस्ताव गरेकाे छ। पार्टीकाे आज बसेकाे केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश गरेकाे हाे।
माओवादी केन्द्र ब्युँतिए पछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासनको कारबाहीबारे प्रस्ताव राखिएको बताइएकाे छ।
शनिबार स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयाेग गर्ने लागेका नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो।
गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, शहरी विकास मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधिएको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशनसमेत दिइएको थियो।
प्रतिक्रिया