लेटेस्ट न्युज
advertisement1

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री ओली

Maryada News 2025-04-11 14:55:17
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री ओली

भक्तपुर, प्रधानमन्त्री केपी ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज प्रदर्शन निरीक्षण गरेका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरूप खुकुरी प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्व सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता भएको जिकिर गरे ।

उनले राष्ट्रिय सुरक्षाका साथै विपद् जोखिम न्यूनीकरण र शान्तिसेनाका माध्यमबाट सेनाले दिएको योगदानको सह्राहना गरे ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्