लेटेस्ट न्युज
advertisement1

तीन संसदीय समितिको बैठक बस्दै, तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिने

Maryada News 2025-04-11 09:34:47
तीन संसदीय समितिको बैठक बस्दै, तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिने

काठमाण्डू, संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छन् ।

आज कानून, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेका हुन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा यही १५ चैतमा काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको भनिएको मानव अधिकार उल्लङ्घनबारे छलफल हुनेछ ।

यस सम्बन्धमा गृहमन्त्री रमेश लेखकले समितिमा उपस्थित भई जवाफ दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ ।

बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग सरकारी खरिद प्रक्रियाको अनुगमन तथा सुधारका विषयमा छलफल गरिनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

यो विधेयक नेपालको जल यातायात क्षेत्रको कानूनी व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्