लेटेस्ट न्युज
advertisement1

शङ्कर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

Maryada News 2021-05-02 18:02:08
शङ्कर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटवल : शंकर पोखरेल पुनः मुख्य मन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। पोखरेलले आइतवार बिहान मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति मार्फत जनाएका छन् ।

पोखरेलको पक्षमा बहुमत सदस्य नरहेको दाबी गर्दै माओवादी–कांग्रेस–जसपा गठबन्धनले शपथ रोक्न प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको थियो । नेकपाबाट निर्वाचित भई एमालेमा रहेकी बिमला खत्री वलीले माओवादी रोजेको घोषणा गरेपछि पोखरेलको पक्षमा बहुमत अर्थात् ४१ सांसद नरहेको विपक्षी गठबन्धनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्