काठमाडौं-जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सेटिङ नै हो त? भनेर प्रश्न गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आदेश आएअनुसार अघि वढ्ने काँग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनले यस्तो प्रश्न गरेका हुन्।
मंगलबार बिहान उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत संसद पुर्नस्थापनाको पक्षमा संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्।
यसअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरुले अदालत र निर्वाचन आयोगबाट आफ्नै पक्षमा फैसला आउने दाबी गर्दै आएका छन्। जसकारण नेकपाकै अर्को समूहदेखि विपक्षी दललगायतले सरकारले अदालत र आयोगमा सेटिङ मिलाइसकेको आरोप लगाउँदै आएका छन्।
‘चिसो भनेकै कोकाकोला भनेझैं केही काग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ,’ उनले लेखेका छन्, ‘चुनावमा त ढिलोछिटो जानैपर्छ, तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा (यदाकदा भैहालेमा!) संविधान धरापमा पर्छ, संसद पुनर्स्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ! किन नबुझेको?कि सेटिंग नै हो?
हेर्नुहोस् उनको ट्वीट
प्रतिक्रिया