काठमाडौं : नेकपा माओवादीका दुई मन्त्रीले गण्डकी प्रदेश सरकारबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुधबार राजीनामा बुझाएका हुन् ।
आजदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चुमानले आफूहरुले राजीनामा दिएको जानकारी दिए । राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण राजीनमा दिएको मन्त्री थापामगरले बताए । राजीनामा दिएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको उनले बताए ।
प्रतिक्रिया