काठमाडाैंः नेकपा एमालेकाे झलनाथ-माधव समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएकाे अल्टिमेटमकाे समय सीमा सकिएपछि आगामी रणनीति तय गर्न छलफलमा बस्ने भएकाे छ। आइतबार साे समूहका सांसदहरूको बैठकले पार्टी एकताका लागि अध्यक्ष ओलीलाई आज बिहान ९ बजेसम्मकाे अल्टिमेटम दिएको थियो।
यसबीचमा अध्यक्ष ओलीका तर्फबाट कुनै सम्बाेधन नभएपछि उनीहरू छलफलमा बस्ने भएका हुन्।
साढे ९ बजे आह्वान गरिएकाे बैठकले आज संसदमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई विश्वासकाे मत दिने या नदिने बारे टुंगाे लगाउँदै छ। यसअघि साे समूहका सांसदहरूले संसदमा मतदान प्रकृया शुरु भइसकेपछि 'फ्लाेर क्रस' गर्नु अनुशासनहीन हुने भएकाले संसद पदबाट राजीनामा गर्ने बताएकाे थियाे।
संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्ने छ। दिउँसाे १ बजे शुरु हुने अविश्वासकाे प्रस्ताव र मतदान प्रकृया अगावै ठाेस निर्णयमा पुगिने साे समूहका एक नेताले बताएका छन्।
प्रतिक्रिया