लेटेस्ट न्युज
advertisement1

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

Maryada News 2025-04-07 09:23:03
वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौँ, वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो।

वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको हो।

पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए।

रिसाल १९८५ सालमा जन्मिएका थिए। पत्रकार रिसालले जगदम्बाश्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला सञ्चालन गरेका थिए।

पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्।

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्