लेटेस्ट न्युज
advertisement1

आईपीएलमा गुजरातको लगातार तेस्रो जीत, हैदराबादको लगातार चौथो हार

Maryada News 2025-04-07 10:03:08
आईपीएलमा गुजरातको लगातार तेस्रो जीत, हैदराबादको लगातार चौथो हार

एजेन्सी, भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जीत निकालेको छ ।

आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरातले जितको लयलाई निरन्तरता दिएको हो ।

हैदराबादलाई लगातार चौथो हार थमाउने क्रममा गुजरातले १५३ रनको लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कप्तान शुभमन गिलले अविजित ६१ रनको पारी खेले भने वासिङटन सुन्दरले ४९ तथा शेरफन रदरफोर्डले अविजित ३५ रन बनाए ।

हैदराबादका लागि मोहम्मद शामीले २ तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

नितिश रेड्डीले सर्वाधिक ३१ तथा हेनरिच क्लासेनले २७ रन बनाए । कप्तान कमिन्स २२ रनमा अविजित रहे ।

गुजरातका मोहम्मद सिराजले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए । प्रसिद्ध कृष्णा र साइ किशोरले २/२ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ६ अंक जोडेको गुजरात अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अंक मात्र जोडेको हैदराबाद १०औं स्थानमा यथावत् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्