लेटेस्ट न्युज
advertisement1

स्काइ पावरलाई मुख्य उपाधी हस्तान्तरण गदै सम्पन्न भयो एक लाख राशीको तरहरा फुटसल

Maryada News 2024-08-18 14:29:33
स्काइ पावरलाई मुख्य उपाधी हस्तान्तरण गदै सम्पन्न भयो  एक लाख राशीको तरहरा फुटसल

तरहरा फुटसलको उपाधि स्काइ पावरले जितेको । शुक्रबार इटहरी २० तरहरा फुटसलमा आयोजित फाइनल खेलमा इटहरीको स्काइ पावरले उपाधि चुमेको हो ।

फाइनल खेलमा द वे धरानलाई पराजित गर्दै स्काइ पावरले एक लाख रुपैयाँ हात पारेको हो ।

तरहरामा रहेको मर्निङ फुटसल क्लबले आयोजना गरेको प्रथम तरहरा मर्निङ फुटसल प्रतियोगिताको उपाधि सँगै विजेताले नगद एक लाखसहित ट्रफी र मेडलसहित हात पारेको छ । यसैगरी धरानको द वे क्लबले भने ५० हजारमा चित्त बुझाएको छ ।

सम्पन्न फाइनल खेलमा द वेलाई २ का विरुद्ध ४ गोलले हराउँदै स्काइ पावरले उपाधि हात पारेको हो ।

राष्ट्रिय स्तरको प्रतियोगितामा सुनसरी, मोरङ, झापा र काठामाडौँबाट २६ वटा टिम सहभागी थिए । प्रतियोगिताका विजेता तथा उपबिजेताहरूलाई इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले नगद र ट्रफी हस्तान्तरण गरेका थिए ।

उपाधी वितरण समारोहमा वोल्दै वडाध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रमा वडाले सकारात्मक काम गरेको र आगामी दिनमासमेत आफूहरूले युवा र खेलकुदको क्षेत्रमा काम गर्ने बताए ।

प्रतियोगितामा स्काइ पावरमा पदम तामाङ वेस्ट किपर घोषित भएका छन् । उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे । यसैगरी स्काइ पावरकै अभय राणा सर्वाधिक गोलकर्ता बनेका छन् । उनले सो उपाधिसँगै नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे ।

स्वास्थ्यमा सचेत हुनसँगै यहाँका युवाहरूलाई कुलतमुक्त बनाउनका निम्ति उक्त प्रतियोगिता आयोजना गरेको आयोजक कमिटिका अध्यक्ष चन्द्रकाजी गुरुङले जानकारी दिए ।

खेल संयोजक सन्तोष श्रेष्ठले प्रतियोगिताबाट बचेको रकमले तरहराको पानीपियास्थित शव दाह गृह नजिकै खानेपानीको धारा जडान गरिने बताए ।

श्रेष्ठले भने, ‘प्रतियोगिताबाट उब्रिएको रकमले खानेपानीको धारा जडान गर्दा मलामीका लागि धेरै सहज हुनेछ ।’
साथै, उक्त प्रतियोगिताको अवसर पारेर खेलकुदको माध्यमबाट तरहरालाई देशव्यापी रूपमा चिनाउन भूमिका खेल्ने खेलाडीहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरुमा म्याराथुन धावक मीनकुमार खवास,सितरियो करातेका राष्ट्रिय प्रशिक्षक मनकुमार राई,तेक्वान्दोका प्रशिक्षक कुमार गुरुङ,राष्ट्रिय म्याराथुन धावक शिव रुम्जाली राई लगायत छन । उनीहरुलाई प्रमुखअतिथिले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन ।

 

Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्