एजेन्सीः युराे कपमा अन्तिम १६ बाटै बाहिरिएकाे पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेले सर्वाधिक गाेलकर्ताकाे उपाधि चुम्न सफल भएका छन्। राेनाल्डाेले ४ खेलमा ५ गाेल र १ असिस्टसहित सर्वाधिक गाेलकर्ता बन्दै गाेलडेन बुटका हकदार बनेका हन्।
युरो कपमा रोनाल्डाेकाे याे पहिलो गोल्डेन बुट हाे। उनले चार संस्करण युराे कप खेलेका छन्।
यस्तै स्पेनका मिडफिल्डर पेड्री प्रतियाेगिताकाे उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्। युरो कप अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पेड्री ‘योङ प्लेयर अफ दि टुर्नामेन्ट’ बनेका हुन्।
१८ वर्षीय पेड्रीले युराे कपमा सेमिफाइनलसम्म ६ खेल खेल्दै यो अवार्ड पाएका हुुन्।
यता युराेपकाे च्याम्पियन बनेकाे इटालीका गाेलरक्षक जियानलुइजी डोनारुम्मा प्रतियाेगिताकाे सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। इटालीलाई युरोकप दिलाउन उनकाे भूमिका निकै निर्णायक बन्याे। जियानलुइजी ‘प्लेयर अफ दि टुर्नामेन्टु’ चुनिएका हुन्।
युराे कपमा प्लेयर अफ दि टुर्नामेन्ट प्राप्त गर्ने जियानलुइजी पहिलो गोलकिपर हुन्।
फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलअन्तरले पराजित गर्दा उनले दुई पेनाल्टी प्रहार रोकेका थिए। स्पेनविरुद्धको सेमिफाइनलमा पनि उनले पेनाल्टी सुटआउटमा जित दिलाएका थिए। उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए।
प्रतिक्रिया