लेटेस्ट न्युज
advertisement1

आइपीएल उद्घाटन खेलमामा आरसिबिसँग कोलकाता पराजित

Maryada News 2025-03-23 07:05:11
आइपीएल उद्घाटन खेलमामा आरसिबिसँग कोलकाता पराजित

एजेन्सी, रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को उद्घाटन खेलमा सानदार सुरुवात गरेको छ ।

गएराति साबिक विजेता कोलकाता नाइट राइडर्स (केकेआर)लाई ७ विकेटले हराउँदै आरसिबीले दुई अंक जोडेको छ ।

कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रनको लक्ष्य दिएको थियो ।

१७६ रनको लक्ष्य आरसिबीले १६.२ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

आरसिबीको जितमा ओपनरद्वय विराट कोहली र फिल साल्टले ९५ रनको साझेदारी गरे । कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए ।

उनले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरे । साल्टले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रन बनाए ।

कप्तान रजत पटिदारले ३४ रनको योगदान गरेका थिए । केकेआरको लागि बैभव आरोरा, बरुन चक्रभर्ती र सुनिल नारिनेले समान एक विकेट लिए ।

यसअघि केकेआरको लागि अजिन्क्या रहानेले आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए । रहानेले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । सुनील नारेनेले ४४ रन बनाएका थिए ।

पाँच बलमा चार रन बनाएका क्विन्टन डी कक आउट भएपछि रहाने र नारिनेले ५५ बलमा १०३ रनको साझेदारी गर्दै टोलीलाई ठुलो स्कोरतर्फ बढाएका थिए ।

तर, मध्यक्रम नचल्दा केकेआर पराजित हुन पुग्यो । आङकृश रघुवंशीले ३० तथा रिङ्कु सिंहले १२ रनको योगदान गरे ।

आरसिबीका लागि क्रुनल पाड्याले तीन विकेट लिए यसबाहेक जस हैजलवुडले दुई तथा यस डायल, रसिख सालम र सुयश शर्माले समान एक विकेट हात पारे ।

आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स् भिड्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्