एजेन्सीः युराे कप प्रतियाेगिताकाे सेमिफाइनल समिकरण पूरा भएकाे छ। इटाली, इंग्ल्याण्ड, स्पेन र डेनमार्क प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेका छन्।
गएराति भएकाे खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ गाेलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नाे स्थान बनाएकाे हाे। डेनमार्ककाे याे सन् १९९२ पछिकाे पहिलाे सेमिफाइनल यात्रा हाे। डेनमार्ककाे जितमा थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे भने चेक रिपब्लिकका लागि प्याट्रिक शिकले एक गोल फर्काए।
डेनमार्कले अब सेमिफाइनलमा इंग्ल्याण्डकाे सामना गर्नेछ।
यता गएराति नै भएकाे इंग्ल्याण्ड र युक्रेनबीचकाे खेलमा इंग्ल्याण्डले जित हासिल गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेकाे छ। इंग्ल्याण्डले ४-० गाेलअन्तरले युक्रेनलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेकाे हाे।
इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे। जितसँगै युराे कपमा इंग्ल्याण्ड २५ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ। यस अघि सन् १९९६ मा सेमिफाइनलमा पुगेको थियो।
यससँगै जारी युराे कपमा क्वार्टरफाइनलअन्तर्गतकाे सम्पूर्ण खेल सकिएकाे छ।
यस्ताे छ सेमिफाइनलकाे तालिकाः
इटालविरुद्ध स्पेन- ७ जुलाई, बुधबार १२ः४५
इंग्ल्याण्डविरुद्ध डेनमार्क- ८ जुलाई, बिहीबार १२ः४५
प्रतिक्रिया