एजेन्सीः जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न राजस्थान राेयल्स र पञ्जाव किंग्सबीचकाे खेलमा पञ्जाब विजयी भएकाे छ। पञ्जाबले खेल ४ रनकाे झीनाे अन्तरले जितेकाे हाे।
टस हारेर पहिले ब्याटिङ गरेकाे पञ्जाबले दुई सय २२ रनको विजयी लक्ष्य राजस्थान सामु राखेकाे थियाे। लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रनमात्र बनाउन सक्याे।
राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्का सहित एक सय १९ रनको शतकीय पारी खेलेका थिए। यद्यपि साे पारीले टोलीको हार भने टार्न सकेन।
पन्जाबका बलर मोहम्मद शामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए भने अर्शदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए।
पन्जाबका कप्तान केएल राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको पारी खेले भने दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्का सहित ६४ रनको पारी खेल्दै टाेलीलाई विशाल लक्ष्यमा उभ्याएका थिए।
प्रतिक्रिया