एजेन्सीः इंग्ल्याण्ड र पाकिस्तानबीच जारी टी-२० क्रिकेट श्रृङ्खलाकाे पहिलाे खेलमा पाकिस्तान विजयी भएकाे छ। गएराति भएकाे खेलमा पाकिस्तानले इंग्ल्याण्डलाई ३१ रनले पराजित गरेकाे हाे।
पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा २ सय ३२ रन बनाउँदै इंग्ल्याण्डलाई २ सय ३३ रनकाे लक्ष्य दिएकाे थियाे। इंग्ल्याण्ड १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २ सय १ रनमै समेटियाे।
इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोनले १ सय ३ रनको शतकीय पारी खेले पनि जितका लागि भने पर्याप्त भएन।
पाकिस्तानले बलिङमा यसअघिकाे एकदिवसीय खेलकाे तुलनामा सुधार गर्दै शाहीन शाह अफ्रिदी र शादब खानले ३/३ विकेट लिए।
पाकिस्तानकाे ब्याटिङमा पनि सुधार भएकाे छ। कप्तान बाबर आजमले ८५ रनको पारी खेले। उनलाई क्रिजमा माेहम्मद रिजवानले साथ दिए। रिजवानले ६३ रनकाे शानदार पारी खेलेका थिए।
पाकिस्तान यस जितसँगै श्रृङ्खलामा १-० ले अघि बढेकाे छ। पाकिस्तान र इंग्ल्याण्डबीचकाे दाेश्राे टी-२० खेल नेपाली समयअनुसार आइतबार साँझ ७ः१५ मा हुनेछ।
प्रतिक्रिया