लेटेस्ट न्युज
advertisement1

ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्दै 

Maryada News 2021-09-19 18:04:06
ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्दै 

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जित्दै बलिङ गर्ने निर्णय गर्दै ओमानलाई ब्याटिङको निम्तो दिएको छ ।

नेपालको प्लेइङ सेटमा आज दुई खेलाडी परिवर्तन गरिएको छ । ब्याटिङमा फ्लप कुशल मल्ल र अघिल्लो खेलमा अमेरिकाविरुद्ध डेब्यू गरेका गुल्शन झा आज बेन्चमा छन् भने उनीहरुको स्थानमा शरद भेष्वाकर र आरिफ शेख पहिलो रोजाईँमा खेल्दैछन् ।

शरद र आरिफले ओमानमा लिग २ सिरिजमा पहिलो खेल खेल्न लागेका हुन् । आरिफ र शरद दुवैले लिग २ को सिरिजअघि पपुवा न्यु गिनी विरुद्धको पहिलो खेल खेलेका थिए ।

त्यसपछि पपुवा न्यु गिनी विरुद्धको दोस्रो खेल र लिग २ को ३ खेल गरी चार खेलमा बेन्चमै रहे । सिरिजमा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि ओमानसँग र अमेरिकाँग भने हार बेहो-यो ।

मुख्य प्रशिक्षक डेभ वाटमोरको लागि यो नै नेपाली टिमसँग अन्तिम खेल रहेकोले जितसहित उनलाई बिदाई गर्ने नेपालको लक्ष्य छ । ओडिआईमा नेपालले अहिलेसम्म ओमानसँग ३ खेल खेलेको छ । तर तीनवटै खेलमा नेपाल पराजित भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्