काठमाडाैंः दशरथ रंगशालामा जारी थ्री नेसन्स् कपकाे उपाधिका लागि आज साेमबार नेपाल र बङ्गलादेश भिड्दै छन्। फाइनल खेल साँझ ५ः३० बाट शुरु हुनेछ।
प्रतियोगितामा नेपाल गाेलविहीन हुँदै दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो। बङ्गलादेश भने किर्गिस्तानविरुद्धकाे खेलमा विजयी हुँदै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। बङ्गलादेश र किर्गिस्तानविरुद्धकाे खेलमा किर्गिज टाेलीबाट आत्मघाती गाेल भएकाे थियाे।
आज हुने फाइनल खेलमा दुबै टाेली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने छन्। प्रि-म्याच कन्फरेन्समा नेपाली टाेलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलकाे लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए।
बङ्गलादेश र नेपाल फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हाे। यसअघिका नेपाल र बङ्गगलादेशविरुद्धकाे २४ खेलमा बङ्गलादेशले १४ पटक जीत हासिल गरेकाे छ भने नेपालले ६ पटकमात्र जीत हासिल गर्न सफल भएकाे छ। यस्तै ४ पटक खेल बराबरीमा टुंगिएकाे छ। यसैकारण आजकाे फाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ।
प्रतिक्रिया