लेटेस्ट न्युज
advertisement1

भारतविरुद्ध इंग्ल्याण्ड आठ विकेटले विजयी

Maryada News 2021-03-17 12:22:01
भारतविरुद्ध इंग्ल्याण्ड आठ विकेटले विजयी

काठमाडौंः भारत र इंग्ल्याण्डबीच जारी टी ट्वेन्टी क्रिकेट श्रृङ्खलाकाे तेस्राे खेलमा भारत आठ विकेटले पराजित भएकाे छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेकाे भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएकाे थियाे। जवाफमा इंग्ल्याण्डले १८ ओभर २ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।

इंग्ल्याण्डको जीतमा जस बटरले ५२ बलमा ८३ रनको अविजीत पारी खेले। उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए।

भारतका लागि कप्तान विराट कोहली र हार्दिक पान्डयाले ७० रनको साझेदारी गर्दै पारी सम्हाले पनि जीतकाे लागि पर्याप्त भएन।काेहलीले ४६ वलमा अविजीत ७७ रन जोडे।

इंग्ल्याण्डका लागि मार्ड उडले ३ र क्रिस जोर्डनले २ विकेट लिए। 

याे जीतसँगै इंग्ल्याण्डले ५ खेलको श्रृङ्खलामा २–१ को अग्रता लिएको छ। चौथो टी ट्वेन्टी बिहीबार हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्