सबै कुरा मायाको चुपचाप सहिदिएँ
म जितेर पनि तिम्रो लागि चुपचाप हारिदिएँ
लोकप्रिय गायक शिव परियार आफ्नो सांगीतिक अब्बलतामा फेरि शिखर चढेका छन।
आफ्ना चर्चित गीति उपहारले सर्वाधिक लोकप्रिय गायकको पगरि गुथी रहेका परियारले फेरि आफ्नो वास्तविक गायन कला प्रस्तुत गरेर लोकप्रियतालाई अझ उजिल्याएको सांगीतिक बजारमा विश्लेषण भईरहेको छ।
हालै संगीतकार तथा गिटारिस्ट सञ्जीव बराइलीले शिव परियारको स्वरमा ‘चुपचाप’ गीत ल्याएसंगै शिव परियारको वास्तविक अब्बलताका पारखीहरु गदगद बनेका हुन।
माया, सहनशीलता र पीडाको भाव प्रस्तुत गर्ने गीतमा शब्द, संगीत तथा एरेन्ज सञ्जीवकै छ ।
विवेक विकको निर्देशनमा यो गीतको अनप्लग्ड भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा शिव परियार, सञ्जीव बराइली र भुवन गन्धर्व फिचर्ड छन् । भिडियोलाई विवेकले नै खिचेका हुन् भने सम्पादनमा उनले रविन विकसँग सहकार्य गरेका छन् ।
बेहोस यो धड्कन मदहोस यो मन
भौतारेर हिंडिरह्यो बेहोसी बेहोसीमा
आँसु खसिरह्यो मन रोइरह्यो
बुझ्ने कोही भएन
गायक शिव परियारले धेरैपछि आफूले भनेजस्तो शब्द र संगीतमा गीत गाउन पाउदा अत्यन्त खुशी भएको प्रतिकृया दिए । ‘मैले मेरो आफ्नो मौलिक खालको गीत लामो समयदेखि खोजिरहेको थिएँ । भनेजस्तो वजनदार शब्द र मेलोडियस कम्पोजको यो गीत पाउँदा एकदम खुसी छु,’ उनले भने, ‘मलाई मेरै रुपमा लामो समयदेखि सुन्न प्रतीक्षा गरिरहनुभएका श्रोताले रुचाइदिएकोमा खुशी नहुने कुरै भएन।'
गीत ‘सञ्जीव बराइली’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
भिडिओ लिंक :
https://youtu.be/1etR_Rk4lA4
प्रतिक्रिया
Derek
2025-03-01 06:16:18Konuyu çok güzel ele almışsınız. betovis hakkında daha fazla bilgi almak isteyenler için betovis giris harika bir kaynak olabilir. Mutlaka göz atın. Eğer betovis giris hakkında daha fazlasını öğrenmek isterseniz, betovis giris adresini ziyaret edebilirsiniz. Kesinlikle göz atmaya değer. Bilgiler için teşekkürler. Betovis giris'i detaylı bir şekilde incelemek isterseniz, Betovis Twitter size çok yardımcı olacaktır. Daha fazla bilgi için betovis twitter'e göz atabilirsiniz: betovis twitter. Teşekkürler!