काठमाण्डू, ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सडकमा झरेको बिजुलीको तारले मे १ ज ३०११ नम्बरको बोलेरोमा करेन्ट लागेर आगलागी भएको हो ।
घटनामा २ जना घाइते भएका छन् । घाइतेमध्ये ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबीना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका १० वर्षीय छोरा भविमय आचार्यको अवस्था मध्यम रहेको छ ।
दुवैलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिएका छन् ।
प्रतिक्रिया