लेटेस्ट न्युज
advertisement1

हिमाली क्षेत्रमा हावाहुरीसहित हिमपातकाे सम्भावना

Maryada News 2021-05-25 10:46:44
हिमाली क्षेत्रमा हावाहुरीसहित हिमपातकाे सम्भावना

काठमाडाैंः ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका थुप्रै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएसँगै नेपालकाे माैसम प्रणालीमा पनि यसकाे असर देखिने भएकाे हाे। 

यो चक्रवात उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने महाशाखाले प्रक्षेपण गरेको छ। ‘चक्रवात यास’ उत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ। चक्रवातको असर आउँदा केही दिन नेपालको भूभागमा समेत पर्ने सम्भावना छ।

मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ। तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै बुधबारदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ। यो सिजनमा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्