लेटेस्ट न्युज
advertisement1

भाषा नै आदिवासी जनजाति महिलाकाे प्रमुख चुनाैती हाे : लक्की शेर्पा

Maryada News 2021-03-25 18:22:32
भाषा नै आदिवासी जनजाति महिलाकाे प्रमुख चुनाैती हाे : लक्की शेर्पा

काठमाडाैंः अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पाले नेपालमा सार्वजनिक पद धारण गर्ने आदिवासी जनजाति महिलाकाे संख्या निकै न्यून रहेकाे बताएकी छिन्। मर्यादा मिडियासँग कुरा गर्दै उनले विशेषतः नेपालका हिमाली भेगका आदिवासी जनजाति महिलालाई निर्णय प्रकृया, सामाजिक सहभागीता र सार्वजनिक पदमा राज्यले सहभागी गराउन नसकेकाे बताएकी छिन्।

उनी भन्छिन्, 'नेपालका हिमाली भेगका महिलामा प्रजनन् स्वास्थ्य र मानव अधिकारसम्बन्धि सामान्य ज्ञान पनि छैन। उनीहरू विभिन्न हिंसाबाट पीडित छन्। तर कहाँ कसरी उजुरी गर्ने भन्नेसम्मकाे चेतनाकाे कमि छ। राज्यले यसलाई सम्बाेधन गर्न जरुरी छ।'

यसका साथै उनले शहरमा एकदिन महिला दिवसकाे चर्काे नारा लगाउँदैमा महिलाका समस्या समाधान नहुने बताएकी छिन्। उनले क्षेत्र, वर्ग र समुदायअनुसार छुट्टाछुट्टै नीति तर्जुमा गरि सम्बन्धित क्षेत्र, वर्ग र समुदायकाे समस्या हल गर्नसमेत सरकारलाई सुझाव दिएकी छिन्। 

'आदिवासी जनजाति महिलाकाे प्रमुख चुनाैती भाषिक चुनाैती हाे', उनले भनिन्, 'त्यसपछि सांस्कृतिक र भाैगाेलिक चुनाैती रहेका छन्। यसलाई सम्बाेधन गर्न सके आदिवासी जनजाति महिलाकाे सहभागीतालाई उकास्न सकिन्छ।'

भिडियाेः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्