लेटेस्ट न्युज
advertisement1

आन्दोलनरत अधिकारकर्मीहरुको माग सम्बोधन गर्न सरकारले छानविन समिति गठन गर्‍यो

Maryada News 2021-10-19 18:56:14
आन्दोलनरत अधिकारकर्मीहरुको माग सम्बोधन गर्न सरकारले छानविन समिति गठन गर्‍यो

काठमाडौं : सरकारले आन्दोलनरत नेपालगञ्जका महिला अधिकारकर्मीहरुको माग सम्बोधन गर्नका लागि छानविन समिति गठन गरेको छ । गृह मन्त्रालय र आन्दोलनरतपक्षबीच भएको सहमतिअनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छ सदस्यीय छानविन समिति गठन भएको हो । 

छानविन समितिमा नेपाल प्रहरीका एसएसपी रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक धिरेन्द्रसिंह कार्की, गृह मन्त्रालयको कानुन महाशाखाका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनरत पक्षबाट मोहम्मद सेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रहेको समिति गठन भएको हो ।

सहमतिसँगै १२ दिनदेखि आमरण अनसनमा बसेकी अधिकारकर्मी रुवी खानले मंगलबार अनसन तोडेकी छन् । उनलाई गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्