काठमाडौं : आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ ।
संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
संसदमा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया