लेटेस्ट न्युज
advertisement1

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

Maryada News 2025-04-01 08:36:04
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

काठमाण्डू, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार दीपकराज जोशी विजयी भएका छन् ।

जोशी ७८९ मतका साथ सभापतिमा निर्वाचित भएका निवर्तमान स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए ।

सोमबार सम्पन्न निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्टले ७८१ र नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याए ।

स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरेका छन् । कूल ३११८ मत खसेको निर्वाचनमा उम्मेदवारबीच निकै रोमाञ्चक प्रतिस्पर्धा देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्