काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नै आजित बनाइसकेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देशलाई नयाँ नयाँ केपी चाहिएको छैन । त्यसैले ओली र हामीमा विल्कुलै फरकपन छ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीका कारण देश नै आजित भइसकेको भन्दै आफूहरुको आन्दोलन ओली प्रवृत्तिविरुद्ध भएको स्पष्ट पारे । उनले ओली गुटमा उनकै आसेपासे मात्रै भएको दाबी गरे। ‘हामी मुल पार्टी हौँ, ओली गुटमा उहाँको आसेपासे र भक्ति गाउने मात्रै छन्’, उनले भने, ‘कम्युनिस्ट छैनन्, साइबर सेना मात्रै छन्। त्यसैले हामी ओली प्रवृत्तिविरुद्ध लडिरहेको छौँ।’
ओलीलाई सामूहिक निर्णय गर्ने मान्छे नभएको बताए। ‘उहाँले जे सोच्यो जे बोल्यो त्यही नै हुनुपर्ने उहाँको प्रवृत्तिको कारणले हामी वाक्क दिक्क भएका थियौँ’ उनले भने, ‘कम्युनिस्ट पार्टीका निति विधि र आचरणहरूमा पनि छलफल गर्नुपर्ने थियो। तर, उहाँले कहिल्यै सहमति हुनुभएन।’
ओलीले आफुले आफैलाई एक नम्बरको अध्यक्ष घोषणा गरिरहेको बताए। ‘प्रचण्डलाई दोस्रो अध्यक्ष उपाध्यक्ष भएजस्तो अपमान गरे। प्रचण्डजीले त अपमान सहनुभयो, तर, म भएको भए सहने मान्छे होइन’ उनले भने, ‘प्रचण्डसँग आफ्नो सम्बन्ध ४ दशकदेखि लामो सम्बन्ध रहेको छ।’
प्रतिक्रिया