लेटेस्ट न्युज
advertisement1

माधव नेपाल पक्षद्वारा ओलीलाई लिखित स्पष्टीकरण दिने निर्णय

Maryada News 2021-03-22 21:09:32
माधव नेपाल पक्षद्वारा ओलीलाई लिखित स्पष्टीकरण दिने निर्णय

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्षका नेताले  लिखित स्पष्टीकरण दिने निर्णय गरेका छन् । सोमबार ललितपुरमा भएको माधव-झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निर्णय गरेको हो । 

ओली पक्षले माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे  र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो

पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरुलाई कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण बुझाउन ३ दिन समय तोकेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्