एजेन्सी, चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दोस्रो जीत निकालेको छ ।
दोस्रो जीत दर्ता गर्नेक्रममा चेन्नईले मंगलबार राति लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले हरायो ।
उसले लगातार पाँच हारपछि खेल जितेको हो । आफ्नो छैटौँ खेलमा लखनउले दिएको १ सय ६७ रनको लक्ष्य चेन्नईले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि शिवम दुबेले अविजित ४३, रचिन रवीन्द्रले ३७ तथा शेख रशीदले २७ रन जोडे ।
कप्तान महेन्द्रसिंह धोनीले ११ बलमा चार चौका र एक छक्कासहित अविजित २६ रनको आक्रामक पारी खेले ।
उनी प्लेयर अफ द म्याच घोषित भए । लखनउका लागि रवि विश्नोईले दुई तथा दिग्वेश राठी, आवेश खान तथा एडन मार्कमले एकरएक विकेट लिए ।
त्यसअघि अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनायो ।
उसका लागि कप्तान ऋषभ पन्तले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा चार छक्का र चार चौकासहित सर्वाधिक ६३ रनको पारी खेलेका हुन् ।
यस्तै, मिचेल मार्शले ३०, आयुश बदोनीले २२ तथा अब्दुल समदले २० रन जोडे । चेन्नईका लागि रविन्द्र जडेजाले दुई, मथिशा पाथिराना, अंशुल कम्बोज र खलील अहमदले एकरएक विकेट लिए ।
यो जितपछि चेन्नईले सात खेलबाट चार अंक जोडेको छ । ऊ अहिले दसौँ स्थानमा ।
जारी सिजनमा लखनउले ७ म्याच खेल्दासम्म चारमा जीत र तीन खेलमा हार बेहोरेको छ । ऊ अहिले अंक तालिकाको चौथो स्थानमा छ ।
प्रतिक्रिया