काठमाडाैंः नेकपा एमालेको संसदीय दलकाे बैठकले संसदीय बोर्ड गठन गरेकाे छ। २४ सदस्यीय संसदीय बोर्डमा नेता माधवकुमार नेपाल र झलनाथ खनालसमेत मनोनीत भएका छन्।
बोर्डको प्रमुखमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओली रहेका छन् भने ससदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङ रहेका छन्।
शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्यमा मनोनित भएका छन्।
यस्तै एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन बानियाँ र राजेन्द्र राई पनि २४ सदस्यीय बाेर्डमा रहेका छन्।
प्रतिक्रिया