लेटेस्ट न्युज
advertisement1

ओली, देउवा र दाहाललाई २५ वर्ष दिए पनि देश बन्दैन : अध्यक्ष लिङ्देन

Maryada News 2025-04-08 18:07:48
ओली, देउवा र दाहाललाई २५ वर्ष दिए पनि देश बन्दैन : अध्यक्ष लिङ्देन

काठमाण्डू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश नबन्ने बताएका छन्।

मंगलवार पार्टीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले ओली, देउवा र दाहाल जति सत्तामा बस्यो उति नै देश बर्बाद हुने बताए ।

उनले भने, ‘म आदरपूर्वक कांग्रेस, एमाले र माओवादीका साथीहरूलाई भन्न चाहन्छु, तीन नेताको पनि नाम लिन्छु, ओलीलाई कति वर्ष प्रधानमन्त्री बनाए देश बन्ला ?  त्यसपछि शेरबहादुर देउवाको पालो भनिएको छ, कति वर्ष बनाउने, कि बाँचुन्जेल ?  कि दाहाललाई सत्तामा फर्काएर देश बन्छ, ५ वर्ष होइन यी तीनजनालाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश बन्नेवाला छैन, यिनीहरूलाई जति दिन राख्यौँ, त्यति दिन देश बर्बाद हुनेवाला छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्