लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा आजै टेवुल हुने सम्भावना कम

Maryada News 2021-03-07 13:30:26
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा आजै टेवुल हुने सम्भावना कम

काठमाडौं : प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि शुरु हुदैछ। आज अपहाह्न ४ बजे बस्न लागेको संसद बैठकप्रति राजनीतिक दल मात्र होइन सबैको ध्यान केन्द्रित भएको छ। 

प्रमुख राजनीतिक दलहरु आजको प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा गम्भिर छलफलमा छन्। संसद बैठकको केहि घण्टा अगाडीसम्म दलका शिर्ष नेताहरु आन्तरिक छलफलमा ब्यस्त छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्। 

नेकपा कानूनीरुपमा विभाजित नभएसम्म अविश्वासको प्रस्वावको पक्षमा उभिन नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तयार छैनन्। त्यसकारण पनि आज अविश्वासको प्रस्ताव टेबल हुने सम्भावना कम रहेको नेकपाकै प्रचण्ड माधव समूहका प्रमुख सचेतक देव गुरुङले बताए। तर पार्टीको विवादबारे संसद सचिवालयमा निवदेन परेमा सभामुखले नै संसदमा निर्णय गर्न सक्ने उनको भनाई छ। 

ओली समूहकी सचेतक शान्ता चौधरीले भने सभामुख दलहरुबीच सहमति जुटाउने प्रयासमै रहेकाले बैठक कसरी अघि वढ्छ भनेर अहिले नै भन्न नसकिने बताउँछिन्। प्रधानमन्त्रीविरुद्ध नेकपाकै प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव ल्याइहालेमा आफुहरु फेस गर्न तयार रहेको उनको जिकिर छ।

यसबीचमा प्रचण्ड–मावधले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्