स्याङ्जा : नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयले गल्याङ नगरपालिका, स्याङ्जालाई एक समारोहकाबीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य गुरु भट्टराईको पहलमा नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री युवराज पाण्डेयको अग्रसरता र संयोजनमा कोभिडका समयमा अत्यन्त उपयोगी हुने विभिन्न स्वास्थ्य सामाग्री गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस गल्याङका नगर सभापति श्यामप्रसाद बस्याल, महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ, महिला विभाग सदस्य खगिसरा भण्डारी, गल्याङ ३ का वडा अध्यक्ष महेश भट्टराई, तरुण दल स्याङ्जाका सचिव चन्द्र राना, नेपाली कांग्रेस गल्याङ ४ का वडा सभापति ढाकाराम न्यौपाने, तरुण दल गल्याङका अध्यक्ष कृष्ण भट्टराई, नेवि संघ पाल्पाका सचिव सुभाष गैह्रे, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा लगायतको उपस्थिति रहेको जनाइएको छ ।
पल्स अक्सिमिटर ३ थान , पीपीई ७ सेट, डिजिटल थर्मोमिटर तीन थान, फेस सिल्ड १५ थान, गगल्स ५ थान ,केएन र सर्जिकल मास्क गरी ८०० थान सामाग्री रहेको बताइएको छ। कोभिडसँग सम्बन्धित औषधीहरु पनि हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया