काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदैछ।
स्वास्थ्य उपचारका लागि आइतबार भारत गएका उनको आज दिउँसो १ः३० बजे नयाँ दिल्लीस्थित ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा स्वास्थ्य परीक्षण हुने भएको हो।
भट्टराईको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुन उनका प्रेस संयोजक विश्वदीप पाण्डेले दिल्लीबाट जानकारी दिएका छन्। स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात मात्रै रोगको निर्क्यौल हुनेछ।
भारत पुगे लगत्तै उनी भारतस्थित नेपाली दूतावासमा पुगेका थिए।
प्रतिक्रिया