लेटेस्ट न्युज
advertisement1

मुक्कुम्लुङमा केबलकार विवाद: ‘नो केबलकार समूह’ संघीय राजधानीको सडकमा

Maryada News 2025-02-03 15:57:49
मुक्कुम्लुङमा केबलकार विवाद:  ‘नो केबलकार समूह’ संघीय राजधानीको सडकमा

ताप्लेजुङमा प्रस्तावित पाथीभरामा केबलकार निर्माणको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

सोमबार काठमाडौंको माइतीघरमा केबलकार निर्माणको विरोध गर्दै 'नो केबलकार समूहले' प्रदर्शन गरेको हो। ताप्लेजुङको पाथीभरा 'मुक्कुम्लुङ' क्षेत्रमा देखिएको विवाद वढदै जादा संघीय राजधानीमै विरोधका कार्यक्रम हुन थालेका हुन। 


उनीहरूले केबलकार निर्माण पाथिभराको धार्मिक तथा सांस्कृतिक अस्तित्वमाथि आक्रमण गरेको आरोप लगाउँदै आएका छन्।
माघ १२ गते पाथीभरामा उक्त केबलकार निर्माणको विरोध गर्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच झडप भएको थियो।
झडपका क्रममा प्रहरीले गोली समेत चलाएको थियो। घटनामा प्रहरी र प्रदर्शनकारी दुबै पक्षका घाइते भएका थिए। सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।


अहिले सरकारले वार्ता समिति समेत बनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्