लेटेस्ट न्युज
advertisement1

१३ कराेड रूपैयाँ हिनामिना गर्ने अभियुक्त धराैटीमा रिहा

Maryada News 2021-03-16 14:12:58
१३ कराेड रूपैयाँ हिनामिना गर्ने अभियुक्त धराैटीमा रिहा

काठमाडाैंः ठेकेदार मनोजकुमार भेटवाल धराैटीमा रिहा भएका छन्। १३ करोड रूपैयाँभन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्त भेटवाललाई विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले जम्मा एक लाख ९० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

भेटवालकै कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि ले काठमाडौंकाे पुरानाे बसपार्कमा रहेकाे भ्युटावर निर्माण गरिरहेकाे छ।

एक फाइनान्स कम्पनीकाे रकम हिनामिना गरेकाे प्रकरणका अभियुक्त भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धराैटी बुझाएर रिहा भएका छन्। 

उक्त फाइनान्सकाे ४० करोड रूपैयाँभन्दा बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग मात्रै १३ करोड २६ लाख रूपैयाँ माग दाबी गरिएको थियाे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटवाललाई १० वर्ष कैद सजायको  माग दाबी गरि फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको थियाे।

राजस्व अनुसन्धान विभागले भेटवालले ४ करोड ६० लाख ४२ हजार ८५० रूपैयाँको अवैध कारोबार गरेको निष्कर्ष निकालेकाे थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्