लेटेस्ट न्युज
advertisement1

रेकर्ड कायम गरेको सुनको भाउ घट्यो

Maryada News 2025-04-18 12:34:40
रेकर्ड कायम गरेको सुनको भाउ घट्यो

काठमाण्डू, नेपाली बजारमा उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको भाउ शुक्रबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्