लेटेस्ट न्युज
advertisement1

काठमाडौँ आउँदै गरेको गाडी मकवानपुरगढीमा दुर्घटना, २ जनाको मृत्यु

Maryada News 2025-04-18 09:12:05
काठमाडौँ आउँदै गरेको गाडी मकवानपुरगढीमा दुर्घटना, २ जनाको मृत्यु

काठमाण्डू, मकवानपुरमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। दुर्घटनामा परी १४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

शुक्रवार राति (बिहान) १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेको थियो। गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

यसअघि बिहीवार बिहान पूर्व(पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडक खण्डमा बिहीवार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका थिए।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको थियो।

बिहीवारै कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको थियो।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्