लेटेस्ट न्युज
advertisement1

संविधान र व्यवस्थामाथि प्रहार गर्ने कुरा कुनै हालतमा क्षम्य हुँदैन : गृहमन्त्री लेखक

Maryada News 2025-04-18 12:50:22
संविधान र व्यवस्थामाथि प्रहार गर्ने कुरा कुनै हालतमा क्षम्य हुँदैन : गृहमन्त्री लेखक

पोखरा, गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने हुने संविधानविरोधी गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताएका हुन्।

वर्तमान संविधान ठूलो बलिदानी र संघर्षबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक निकाय तयार हुनुपर्ने उनको भनाइ छ।

वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको दावी छ।

नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै मन्त्री लेखकले पटकपटक संविधान बन्नु राम्रो नभएको बताए।

संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने बताउँदै उनले संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने अराजक गतिविधि र अभिव्यक्ति गर्न नपाइने र गरिएमा कानून अनुसार कारवाही हुने उनले स्पष्ट पारे।

पूर्वराजाका नाममा वा कुनै समूहका नाममा संविधानमा, व्यवस्थामा प्रहार गर्ने कुरा कुनै पनि हालतमा क्षम्य नहुने उनले बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमीलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिरेको बताए।

सुरक्षा गोष्ठीमा प्रदेश अन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको छ।

मन्त्री लेखकले आजै संघ मातहत रहेको आपतकालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए।

गण्डकी प्रदेशमा आपतकालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपत्कालीन गोदम घरले संकटको समयमा तत्काल प्रभावकारी बन्दामेबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्