काठमाडौं : पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२३५ नमुनाको पीसीआर परीक्षण गर्दा १५७७ जना र ४९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने २५१८ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया