काठमाण्डू, निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै संयुक्त ट्रेड युनियनले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सम्बन्धित व्यक्तिलाई ज्ञापनपत्र बुझाएको छ ।
सङ्घीय संरचनाअनुसार निजामती प्रशासनलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले सङ्घीय निजामती सेवा ऐन आवश्यक रहेको भन्दै ट्रेड युनियनले ऐनको खाका तयार गरी तत्काल प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
ट्रेड युनियनका प्रतिनिधिहरूले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका थिए ।
त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री तथा मुख्य सचिवलाई समेत मागसहितको ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्रमा निजामती सेवा ऐनमार्फत कर्मचारीहरूको सेवा सर्त, स्थानान्तरण, बढुवा, सुरक्षासम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने, कर्मचारीको हक–अधिकार सुनिश्चित गर्नुपर्ने र संघीय संरचनाअनुरूप प्रशासनिक ढाँचा पुनर्संरचना गर्नुपर्ने माग समावेश गरिएको छ ।
ज्ञापनपत्र
प्रतिक्रिया