लेटेस्ट न्युज
advertisement1

सवारी आवागमनमा रोकेर शिक्षकको आन्दोलन १६औं दिन थप आक्रामक, सर्वसाधारण मारमा

Maryada News 2025-04-17 17:53:17
सवारी आवागमनमा रोकेर शिक्षकको आन्दोलन १६औं दिन थप आक्रामक, सर्वसाधारण मारमा

काठमाण्डू, शिक्षकहरूले १६ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनले काठमाडौं उपत्यकाको सवारी आवागमनमा समस्या भइरहेको छ ।

केही दिन अघिसम्म सडकको बीच भागमा मात्र प्रर्दशन गर्दै आएका शिक्षकले बैशाख लागेपछि सर्ब सडकमा अवरोध गर्दै आएका छन् ।

तीनकुने माइतिघर सडकमा सवारीसाधन चल्न नपाउँदा उपत्यकाको यातायता नै अस्तब्यस्त हुने गरेको छ ।

लामो समयसम्म यातायताका साधन सञ्चालनका अवरोध भएपछि सर्वसाधारण पनि आक्रोशित बन्न थालेका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन बिहीबार थप आक्रामक हुँदै गइरहेको छ ।

जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।

१६ दिनदेखि शिक्षकहरूको राजधानीकेन्द्रित सडक आन्दोलन विहीबार पनि जारी राखेका छन् ।

बिहीबार नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकलमाग सम्बोधन गर्न वैशाख १२ गतेलाई संसद बैठक आब्हान गरेपनि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका हुन् ।

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्