लेटेस्ट न्युज
advertisement1

हमासले अस्वीकार गर्‍यो इजरायलको नयाँ युद्धविराम प्रस्ताव

Maryada News 2025-04-18 12:37:49
हमासले अस्वीकार गर्‍यो इजरायलको नयाँ युद्धविराम प्रस्ताव

एजेन्सी, हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ ।

हमासले बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ ।

हमासका प्रमुख वार्ताकार खलील अल(हय्याले भिडिओमार्फत आफ्नो बयान जारी गरे ।

“हामी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक एजेन्डा पूरा गर्ने कुनै पनि सम्झौता स्वीकार गर्दैनौं,” उनले भने ।

इजरायलले दश बन्धकहरूको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको आह्वान गरेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको बताएको थियो ।

यद्यपि, इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही भनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्