काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज (शुक्रबार) शक्ति प्रदर्शन गर्दैछ। यो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि एक कार्यक्रममा भाषणका क्रममा आजलाई आफ्नो समूहको पनि क्षमता दखाउने भनी बताएका थिए।
हिजो (बिहीबार) नेकपाको अर्को प्रचण्ड–माधव समूहले देशभर कार्यकर्ता उतारेर सरकारले गरेको संवैधानिक नियुक्तिलगायत निर्णयको विरोधस्वरुप हडताल गरेको थियो। ओली समूहले पनि आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो।
जसका लागि विभिन्न जिल्लाबाट यो समूहले कार्यकर्ता राजधानी ल्याउने बताएको थियो। आज ३ लाख कार्यकर्ता काठमाडाैंमा उतार्ने ओली समूहले जनाएको छ। काठमाडौंमा जम्मा भएका कार्यकर्ता विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किने र मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा गर्ने बताइएको छ।
प्रतिक्रिया