एजेन्सी, इण्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्सले रोमाञ्चक जीत हात पारेको छ ।
बुधबार राति सम्पन्न खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई १२ रनको लक्ष्य पछ्याउँदै दिल्लीले ४ बलमै खेल आफ्नो पक्षमा पारेको हो ।
दिल्लीका लागि केएल राहुलले ७ रन र ट्रिस्टन स्टब्सले ६ रन बनाए । सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो ।
रियान पराग र यशस्वी जैसवाल रनआउट भएका थिए, रियान फ्रि हिटमा रनआउट भएका हुन् ।
सिजनको छैटौं खेलमा पाँचौं जीत निकाल्दै दिल्लीले १० अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ ।
सातौं खेल खेलिसकेको राजस्थान भने पाँचौं हारसँगै ४ अंकमा सीमित रहँदै आठौं स्थानमा झरेको छ ।
यसअघिको निर्धारित ओभरको खेलमा दुवै टोलीले समान १८८ रन बनाउँदै खेल सुपर ओभरमा पुगेको थियो ।
जारी सिजनको आइपिएलमा सुपर ओभरबाट नतिजा निस्किएको यो पहिलो खेल हो ।
प्रतिक्रिया