बुटवल, देशैभरी सहकारी ठगी सम्बन्धी चर्चा परिचर्चा कारबाही कारागार चलान लगायतका क्रियाकलाप जारी रहेकै समयमा बुटवल ११ देवी नगरमा सञ्चालित सनराईज बहुउद्देश्यीय सहकारी संस्था बचतकर्ताको रकम कुम्लाएर फरार भएको छ ।
सहकारीले गत चैत ३१ गतेसम्म बजारबाट रकम उठाएको र सोही दिन नै एक सूचना टास गरी सहकारी बन्द रहने जानकारी गराएको छ ।
कार्यालयको भितामा टासिएको सूचनामा सहकारीका अध्यक्ष आकाश भट्रराईले आर्थिक अपचलन गरी केही समय देखि सम्र्पकमा नआएको र अध्यक्षको खोजी जारी रहेको र पछिललो समयमा कर्मचारीको भरमा बजारलाई चलायमान बनाउनका लागि बचत कर्तावाट असहज परिस्थती सृजना भएको भन्दै गत चैत ३१ गतेको मितीमा सूचना टासिएको छ ।
सूचनामा बचतकर्तालाई अध्यक्षको खाजी गर्न आवश्यक पहल गर्न समेत अपिल गरिएको छ ।
सहकारीले कार्यालयमा सूचना टासी सहकारी बन्द भएको गाईगुई हल्ला भएपछि आफ्नो बचत रकम लिनका लागि कार्यालयमा आएकी बुटवल ७ दीप नगरकी स्मृति पाण्डे पौडेलले छोरा छोरीको स्कुलको नास्तालाई कटौती गरी दैनिक १ दुई सयका दरले जम्मा गरेको रकम लिन आउँदा सहकारी नै बन्द भएको देख्दा निकै पीडा भएको दुखेसो सुनाउँछिन् ।
स्मृति जस्तै बुटवल ११ देविनगरकी तारा विश्वकर्मा पेटभरी खाई नखाई बचत गरेको रकम आवश्यक परेकोले लिन आउदाकार्यालय नै बन्द गरिएको र पैसा उठाउने वहिनीहरुले फोन पनि उठाउन छाडेको दुखेसो पोख्छिन।
सहकारी संस्थाले सूचना जारी गरी फरार भएको सम्बन्धमा लुम्बिनी प्रदेश सरकारका सहकारी रजिस्टार मधुकृष्ण पौडेलसँग जिज्ञासा राख्दा प्रदेशस्थापन भएपछि दर्ता भएका सहकारीको अबस्था नराम्रो भएको बताउदै तीनै सहकारीहरुले बदमासी गरिरहेको आफूहरुले पाएको समेत बताउँछन् ।
नियत नै गलत राखेर सहकारी प्रदेशमा दर्ता हुने गरेको समेत उनको कथन छ ।
लुम्बिनी प्रदेश स्थापना पछि १३० वटा सहकारी प्रदेशमा दर्ता भएको र प्रदेशका १२ जिल्लामा गरी प्रदेश सरकार सहकारीले नियमन गर्ने ८ सय ४८ सहकारी रहेको अनुगमन र नियमनका लागि कर्मचारीको अभाव रहेको समेत रजिस्टार पौडेलले गुनासो गरे ।
सनराईजवाट स्मृति र तारा त केही उदाहरणका पात्र हुने सो सहकारीले कती रकम उठाएर फरार भयो भन्ने कही कतै स्पष्ट छन् ।
तर , मंगलवार मात्र सहकारीमा सयौं मानिस पैसा लिनका लागि आएका थिए यसले पनि केपुष्टिी हुन्छ भने सहकारीले यस क्षेत्रबाट करौर्डा रकम उठाएर भागेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
सो सम्बन्धमा सहकारीका अध्यक्ष भट्रराई कोषाध्यक्ष बसन्त भट्रराईले मोवाईल फाने अफ गरी सम्पर्क विहिन भएका छन् भने सहकारीका उपाध्यक्ष रमेश भट्रराई र सचिव लक्ष्मी अधिकारीले आफूहरुलाई सहकारीको वारेमा केही जानकारी नै नभएको केवल नातेदारले नागरिकताको फोटोकपी मागेकाले दिएको जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्।
लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण नेपालले जिल्ला भन्दा वाहिर दर्ता भएर आएका बहुउद्देश्यीय सहकारीमा रकम जम्मा नगर्न अपिल गर्दै प्रदेशमा २३ वटा सहकारी समस्यामा रहेको जसमध्ये १३ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण र १ वटा जडीबुटी सम्बन्धी रहेकोमा सनराईज बहुउद्देयीयको थप भएको बताए ।
दर्ता गर्ने कार्यालयले अनुगमनमा कडाइ गर्न समेत अध्यक्ष नेपालले सुझाव दिए ।
त्यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा प्रदेशका महासचिव बसन्त ढकालले बाहिरी जिल्लामा दर्ता भै शाखा र संचालनमा रहेका सहकारीमा समस्या रहेको भन्दै आमनागरिकलाई जिल्लाभन्दा वाहिर दर्ता भएका बहुउद्देश्यीय सहकारीमा रकम बचत नगर्न आग्रह गरे ।
अध्यक्ष ढकाले तीनै तहका सरकारले सहकारीको अनुगमनको जिम्मा जिल्ला सहकारीलाई दिन पनि माग गरे ।
बुटवको सुप्रिम र शिखर सहकारीले करोडौं रुपियाँ अपचलन गरिसकेको अपस्थामा अर्को सहकारी सनराईज बहुउद्देश्यीय सहकारीको ठगी धन्दाले पुन बुटवलबासीलाई चिन्तित बनाएको छ ।
यसको वास्तविक छानबिन गरी गरिब जनताको खाईनखाई जम्मा गरेको रकम फिर्ता गर्ने वातावरणका लागि सरोकारवाला निकाय गम्भीर बन्न जरुरी छ ।
प्रतिक्रिया