लेटेस्ट न्युज
advertisement1

यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जीत, हङकङलाई नौ विकेटले हरायो

Maryada News 2025-04-16 19:34:01
यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जीत,  हङकङलाई नौ विकेटले हरायो

काठमाण्डू, नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जीत निकालेको छ ।

मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जीत हो ।

यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।

जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ ।

नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ ।

जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२।३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।

यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए भने बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६।२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो ।

हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरेका थिए ।

उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाए । यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोडे ।

बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिए ।

दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्