काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले दश बुँदे सहमति कार्यान्वयनका लागि सहजिकरण कार्यदलको संयोजकबाट राजीनामा दिनु ठुलो बिषय नभएको बताएका छन् । एमाले पार्टी कार्यालय थापाथलीमा आयोजित भर्चुअल कार्यक्रममार्फत् देशैभरका वडा तहका अधिवेशनको उद्घाटन गरेर फर्किने क्रममा पत्रकारसँग उनले यस्तो बताएका हुन् ।
‘उहाँले राजीनामा के को गर्नुभयो ? के संयोजन गर्न सकिनँ भन्नुभयो । सहजीकरणको संयोजक हुनुहुन्थ्यो । मैले गरेर भएन भन्नु भयो,’ ओलीले भने, ‘त्यत्रो ठूलो कुरा पनि होइन । त्यो लिखित पनि होइन । स्वीकार्य पनि होइन । अस्वीकार्य पनि होइन । केही पनि होइन ।’
उनले पार्टीमा दश भाइ वा अन्य केही भन्ने कुरै नभएको भन्दै एमाले एकढिक्का रहेको दाबी गरे । उनले दश बुँदे सहमितमा केही बाँकी रहेको कुरा समाधान हुने पनि बताए । शुक्रबारको स्थायी कमिटी बैठकमा पाँचपृष्ठ लामो फरक मत राख्दै रावलले कार्यदलको संयोजक र सदस्य समेत नरहनेगरि राजीनामा दिएको बताएका थिए ।
प्रतिक्रिया