काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । विश्व जलवायु सम्मेलनमा सहभागी हुन स्कटल्याण्डको ग्लास्को पुगेका बेला दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६)मा सहभागी विश्व नेताहरुको शिखर बैठकको क्रममा ग्लास्गोमा मंगलबार देउवा र मोदीबीच भेटवार्ता भएको हो । भेटवार्तामा आफूहरुबीच हिमालय क्षेत्रको दिगो विकास र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्री देउवाले सामाजिक सञजाल ट्वीटरमार्फत उल्लेख गरेका छन् ।
द्धिपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री देउवाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको मुद्दाबारे प्रभावकारी ढंगले उठाएको बताएका छन् ।
आगामी दिनमा दिगो विकासका लागि आफूहरुबीचको सहकार्य महत्वपूर्ण रहेको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया