लेटेस्ट न्युज
advertisement1

बाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

Maryada News 2021-10-21 20:49:17
बाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

काठमाडौं : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । बिहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएपछि कात्तिक १० गते अपराह्न बस्ने बैठकमा मतदान हुने वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण बिहीबारै मतदान गर्ने कार्य सम्भव नभएकाले कात्तिक १० गते पु-याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । मुख्यमन्त्री शाक्यले बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्