लेटेस्ट न्युज
advertisement1

संघीयता र धर्मनिरपेक्षता बारे छलफल गरेर अघि बढ्छाैंः रवीन्द्र मिश्र

Maryada News 2021-04-05 17:10:15
संघीयता र धर्मनिरपेक्षता बारे छलफल गरेर अघि बढ्छाैंः रवीन्द्र मिश्र

काठमाडाैंः विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षताकाे विषयमा पार्टीमा छलफल गरेर अगाडि बढ्ने बताएका छन्। साेमबार पार्टी कार्यालय बखुण्डाेलमा आयाेजित अन्तरक्रिया कार्यक्रममा उनले तत्कालिन विवेकशील र साझा पार्टी एक भइसकेकाे अवस्थामा छलफलपश्चातमात्र संघीयता र धर्मनिरपेक्षताकाे विषयमा निर्णय गरिने बताएका हुन्।

उनले भने, 'गएकाे लुम्बिनी भेलामा तत्कालिन साझा पार्टीले आवश्यकता परे संघीयता र धर्मनिरपेक्षताकाे विवाद जनमतसङ्ग्रहबाट टुंग्याउन सकिने निर्णय गर्‍याे। अहिले हामी दुईटा पार्टी एकीकृत पनि भइसक्याैं। एकीकृत पार्टीकाे महाधिवेशन भएकाे छैन, त्यसै कारण कतिपय विषयहरूमा छलफल गर्दै अघि बढ्नुपर्ने अवस्था छ।'

यस्तै अन्तरक्रिया कार्यक्रममा पार्टीका संयाेजक मिलन पाण्डेले मध्यावधि भएकाे खण्डमा आफूहरू चुनावमा जान तयार रहेकाे बताएका छन्। उनले राजनीतिमा नैतिकताकाे अत्याधिक महत्त्व हुने भन्दै प्रधानमन्त्रीले सरकारकाे नेत्तृत्व गर्ने नैतिकता गुमाइसकेकाे बताउँदै नैतिकताकाे आधारमा राजीनामा दिनुपर्ने कुरामा जाेड दिए। उनले भने, 'उहाँले सरकार बन्ने नयाँ बाटाे खुला गरिदिनु पर्छ। र यदी नयाँ सरकार नबन्ने अवस्था आयाे भने, र संविधानकाे धाराअनुसार मध्यावधि चुनाव हुन्छ भने त्याे निर्वाचन फेस गर्न र हाम्राे एजेण्डा बाेकेर निर्वाचनमा राम्राे गर्न हामी तयार छाैं।'

पार्टीका सूचना, सञ्चार तथा प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियारले अहिलेकाे राजनीतिक परिदृश्यमा विवेकशील साझा के अडान राख्छ, आफ्नाे याेजना के हाे र अब कसरी अगाडि बढ्दैछ भन्ने कुरा स्पष्ट पार्न कार्यक्रमकाे आयाेजना गरिएकाे  बताए। 

पार्टी प्रवक्ता शरदराज पाठकले सहजीकरण गरेकाे कार्यक्रममा सञ्चारकर्मीहरूले उठाएकाे विभिन्न प्रश्नकाे जवाफ अध्यक्ष र संयाेजकद्वयले दिएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

83.33%

खुसी

0%

दुःखी

0%

अचम्मित

16.67%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्